नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय चाैकुने ३ सुर्खेतकाे बार्षिकाेत्सव सम्पन्न,

122 पटक हेरिएको

नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय चाैकुने ३ सिमलखेत सुर्खेत काे ४४ औ अभिभावक भेला तथा बार्षिकउत्सव आज सम्पन्न भएको छ । करिव २ सय भन्दा बढि अभिभावक तथा बिद्यार्थी काे सहभागीतमा बार्षिक उत्सव विभिन्न कार्यक्रम गरेर सम्पन्न भएको हाे । कार्यक्रममा बिद्यालय का प्रधानाध्यापक दुर्गबहादुर बिकले बिद्यालय राम्रो बनाउन सबैकाे साथ जरुरि रहेको बताउनुभएको छ । साथै बिकले आफ्ना बालबालिकाकाे शैक्षिक अबस्थाकाे बारेमा जानकारी लिन अभिभावकले चासाे दिन समेत आग्रह गर्नुभयो । बिद्यालयकाे बार्षिकउत्सवमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य कलम बहादुर महताराले बिद्यालयकाे बिकासका लागि सबैकाे साथ आवश्यक रहने बताउनुभएको छ । साथै उहाले बिद्यार्थी काे शैक्षिक गुणस्तर बढाउन शिक्षकमा पनि सक्रियता हुन जरुरी रहेकाे बताउनुभएको छ । शिक्षक पबित्रा शाहिले सञ्चालन गर्नुभएको कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर बान्ताेलाकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...