पञ्चपुरीका बालबिकास शिक्षकहरुकाे क्षमता बिकास तालिम सम्पन्न,

सुर्खेतकाे पञ्चपुरी नगरपालिकामा रहेका बालबिकाश शिक्षकहरुकाे तालिम आज बाबियाचाैरमा सम्पन्न भएको छ । माघ २३ गतेदेखि संचालन भएको तालिम आज समापन गरिएको हाे । पञ्चपुरी शिक्षा युवा तथा खेलकुद शाखाकाे आयाेजनामा भएको तालिममा नगरपालिकामा रहेका बालबिकाशका शिक्षकहरुकाे सहभागीता रहेकाे थियोे । प्रशिक्षक निर्मला सुबेदीले सहजिकरण गर्नुभएको तालिममा बालबिकासमा अध्ययन तथा छलफल गराउने तरिका, बालबालिकालाई बिद्यालयमा आउने बाताबरणको सृजना गर्ने तरिका लगाएत खेलाैना निर्माण र बालबिकास ब्यवस्थापन सम्बन्धि जानकारी दिईएकाे छ । समापन कार्यक्रममा तालिमका सहभागी गीता खरेलले पुरानाे सिकेको कुरालाई पुनर्ताजगी गर्दै घरमै पाईने सामाग्री बाट पनि बिद्यार्थीलाई सिकाउन सकिने सीप बारे जानकारी प्राप्त गरेकाे बताउनुभएको छ । कार्यक्रममा बाेल्दै नगरपालिका प्रमुख लालबीर भण्डारीले बिद्यार्थीकाे जग भनेकै बालबिकास केन्द्र भएको हुदा यसमा बालबिकास शिक्षककाे भुमिका र लगनशीलता बढि हुनुपर्ने बताउनुभएको छ । साथै भण्डारीले बालबिकासका शिक्षककाे पारिश्रमिक न्यून रहेकाे हुदा आगामी दिनमा नगरकाे आयस्राेत वृद्धि गरि पारिश्रमिकमा पुनर्बिचार गरिने समेत बताउनुभएको छ । कार्यक्रमकाे समापन गर्दै शिक्षा शाखा प्रमुख तुलसी वनले तालिममा सिकेकाे सीप र ज्ञानलाई कक्षाकाेठामा देखिने गरि प्रयाेगमा ल्याउन सबैलाई आग्रह समेत गर्नुभएको छ । नियमित अनुगमनका क्रममा प्रयाेग गरिएकाे सीप देख्न पाईएमा मात्रै तालिमको उपलब्धि हुने बताउनुभएको छ । साथै उहाले बालबिकास शिक्षक र बिद्यालयकाे हरेक काम समन्वयमा गर्न समेत सबैलाई सुझाव दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...