चौकुनको घाटगाउमा माद्यामिक बिद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु,

चौकुने गाउँपालिकामा माद्यामिक बिद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आज देखि घाटगाउमा सुरु भएको छ ।
स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ सञ्चालित छनौट प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका सांसद बिन्दमान बिष्टले खेल क्षेत्रको बिकास गर्नु अहिलेको आवश्यकता भएको बताउनु भएको छ ।

कार्यक्रका प्रमुख अतिथि समेत रहेका बिष्टले पढाई र खेललाई संगै अघि बढाउन बिद्यार्थीहरुलाई सुझाव दिनुभएको हो । उहाँले खेलखेल्दा शरिर फुर्तिलो र स्वस्थ हुनेमात्र नभएर व्यक्तिको भबिष्य पनि खेलसँग जोडिएको बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष खडक बि क, उपाध्यक्ष नरबहादुर बान्तोला, वडा अध्यक्ष तथा राजनितिक दलका प्रतिनिधी लगाएकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सरस्वती माद्यामिक बिद्यालय घाटगाउको प्रागणमा भएको खेलमा एथ्लेटिक्स, कबड्डी, भलिबल लगाएतका खेलहरु सञ्चालन गरिने आयोजकले जनाएको छ । उद्धाटन कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश बि क को अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...