पञ्चपुरीको बिद्यापुरमा १ दिने अपाङ्गता परिचय पत्र बितरण तथा छनौट शिबिर सम्पन्न

पञ्चपुरी नगरपालिका सुर्खेत र पहुच तथा समाबेशिकरण परियोजना आईएनएफ सुर्खेतको आयोजना र वडा नं ८, ९ र नगर अपाङ्ग सञ्जालको समतन्वयमा १ दिने अपाङ्गता परिचय पत्र बितरण तथा छनौट शिबिर सम्पन्न भएको छ । पञ्चपुरी ९ को बिद्यापुरमा भएको छनौट शिविरमा २१ जनाले सेवा लिएका छन ।
शिबिरको उद्घाटन शत्रमा बोल्दै नगरप्रमुख लालबीर भण्डारीले नगरपालिकामा रहेका अपाङ्गता भएका ब्यक्ति हरुको लागि आयआर्जनका कार्यक्रम नगरपालिकाले निरन्तर गरिरहेको बताउनुभएको छ । स्थानीय तहमा सेवा प्रबाह गर्दा नगरपालिकाले अपांगता भएका ब्यक्तिहरुलाई पनि सम्बोधन गर्ने गरेको बताउदै भण्डारीले नगरपालिकामा बन्ने हरेक बिकास तथा भौतिक संरचनाहरु अपांगमैत्री बन्ने गरेको बताउनुभएको छ । नगरप्रमुख भण्डारीले अपांगता भएका ब्यक्तिहरुको क्षमता बिकासका लागि संस्थाले गरेको सहयोग प्रंशसायोग्य रहेको समेत बताउनुभएको छ ।
शिबिरमा ख वर्गका ८, ग बर्गका ११ जना र घ वर्गका २ जनाले सेवा लिएका छन । कार्यक्रममा नगर उपप्रमुख मुक्ति रेग्मी, आइएनएफ सुर्खेतका टिम लिडर उदय हमाल लगाएत जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहभागीता रहेको थियोे । कार्यक्रम वडा नं ९ का वडा अध्यक्ष पुर्णप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...