पञ्चपुरीमा फाेहाेर ब्यवस्थापन गर्न डस्टबिन राखिदै,

सुर्खेत पञ्चपुरी नगरपालिका भित्रका बजार हरुकाे फाेहाेर ब्यवस्थापन गर्नका लागि डस्टबिन बितरण गरिएको छ । अफहेड कन्सल्टेन्सी एण्ड ट्रेडिङ सेन्टर प्रालि काठमाडौ, पञ्चपुरी नगरपालिकाकाे समन्वय र प्रदेश बन निर्देशनालय कर्णाली प्रदेशको सहयोगमा पञ्चपुरी मा सामाग्री हस्तान्तरण गरिएको हाे ।

कुहिने र नकुहिने फाेहाेर ब्यबस्थापन गर्न बाबियाचाैर, बिद्यापुर र पलैटे बजारमा डस्टबिन राखिने नगरपालिकाले जनाएको छ । कन्सल्टेन्सीले बालमैत्री काे अबधारणा सहितकाे ६० थान डस्टबिन, ५ सय थान झाेला र ३० थान डस्टबिन स्टेण्ड हस्तान्तरण गरिएको हाे । जम्मा गरिएको फाेहाेर नगरपालिकाले ब्यवस्थापन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...