प्राथमिक स्वास्थ्य केन्द्र सालकाेटमा बत्ती पुग्याे,

सुर्खेतको सालकाेट प्राथमिक स्वास्थ्य केन्द्रका लागि पञ्चपुरी नगरपालिका को वडा नं ६ मा निर्माण भएको लघुजलबिधुत आयोजना बाट उत्पादन भएको बत्तीकाे अाज उद्घाटन गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सालकोट लाई बिधुत अति आबश्यक भएको हुदा नगरपालिका को लगानीमा १० किलोवाट क्षमता को बिधुत उत्पादन गरिएको छ । वडा नं ६ को खोलिखेत मा पावरहाउस रहेको आयोजनाको सालकाेट प्राथमिक केन्द्र मा पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले स्विच थिचेर बत्तिकाे उद्धघाटन गर्नुभएको हो ।

पञ्चपुरी नगरपालिका को ७१ लाख लगानीमा बनेको आयोजना को ओसियन पावर सर्भिस प्रा लि बुटवलले निर्माणको जिम्मा लिएको थियोे । बिधुत उपलब्ध भए संगै प्राथमिक स्वास्थ्य केन्द्र पलैटेमा बिधुत क्षमता कम भएर संचालनमा अाउन नसकेका उपकरण संचालन हुने भएका छन । अबदेखि नियमित एक्सरे सेवा, नेबुलाईजर सेवा, सामान्य अप्रेसन समेत गरिने अस्पताल ले जनाएको छ । उद्घाटन कार्यक्रममा नगर उप प्रमुख मुक्ति रेग्मी, प्रमुख प्रशासकीय अधिकृत माेहन बहादुर बुढा, वडा अध्यक्ष जगत बहादुर बिसी, धनबहादुर थापा, नगर सदस्य, वडा सदस्य,स्वास्थ्य कर्मचारी लगाएतकाे सहभागीता रहेकाे थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...