पञ्चपुरीमा अब्यवस्थित बसाेबासीहरुकाे तथ्यांक संकलनकाे काम सुरु,

पञ्चपुरी नगरपालिकामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्यका लागि छुट्टै इकाई स्थापना गरिएसंगै वडा स्तरमा तथ्यांक संकलनकाे कामलाई तिब्रता दिएकाे छ । पहिलाे चरणमा वडा नं ४,५ र ६ मा माघ २५ गतेदेखि ३० गते सम्म दाेस्राे चरणमा फागुन १ गतेदेखि ५ गते सम्म वडा नं ८,९,१०,११ र फागुन ६ गतेदेखि १० गतेसम्म वडा नं १,२,३ र ७ मा तथ्यांक संकलनकाे काम हुने संयाेजक पुरन रावलले जानकारी दिएका छन ।

पञ्चपुरी नगरपालिकाको भूमिहिन सुकुम्बासीहरुको सहजीकरण समितीको बैठकले फागुन १० गतेसम्म वडा स्तरवाट तथ्यांक संकलन गरिसक्ने तयारी गरेकाे र साेहि अनुसार अनुगमनकाे काम भैरहेकाे छ । वडा स्तरमा खटिने कर्मचारीहरुलाइ वडाका जनप्रतिनिधिले समेत सहयाेग गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...