२४ माघ, सुर्खेत ।
आइएनएफ नेपाल, हरियो खर्क अस्पताल सुनिता परियोजनाको आयोजनामा निबन्ध लेखन प्रतियोगिता आज पञ्चपुरीमा सम्पन्न भएको छ । “मेरो समुदायमा दीर्घरोगी वृद्ध र अशक्त व्यक्तिहरूको हेरचाहमा मेरो भूमिका” विषयमा भएको निबन्ध लेखन प्रतियोगितामा पञ्चपुरी नगरपालिकामा रहेका विद्यालयहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा जनसिर्जना माध्यमिक विद्यालय तातापानीका खेमराज बिक प्रथम, सूर्यप्रकाश माध्यमिक विद्यालय पञ्चपुरी २ पलैटेका युनिका रोकाय दोस्रो र मालिका माध्यमिक विद्यालय पैसरा छाप्रेका शेरबहादुर थापा तेस्रो भएका छन् ।
विजेतालाई नगद प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले बालबालिकाको क्षमता विकासका लागि संस्थाले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभएको छ । साथै आगामी दिनमा पनि आइएनएफ सँगको सहकार्य निरन्तर रहने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
