राम्रो अभ्यास गर्ने ६० जिल्लाका बिद्यालय मध्य सुर्यप्रकाश १५ औं स्थानमा छनौट,

187 पटक हेरिएको

कार्यसम्पादन मूल्यांकन र स्थलगत अध्ययनका आधारमा सुर्खेतको पञ्चपुरी २ मा रहेको सुर्यप्रकाश माद्यामिक बिद्यालय पलैटे १५ औं स्थानमा छनौट भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रकाशित संगालोमा सातवटा प्रदेशका २५ वटा उत्कृष्ट सामुदायिक विद्यालयलाई कार्यसम्पादन मूल्यांकन र स्थलगत अध्ययनका आधारमा सूचीकृत गरेको हो ।
सो संगालोमा दिइएको जानकारी अनुसार, शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ६० जिल्लाका ४ हजार ८६७ वटा विद्यालयको कार्यसम्पादन परीक्षणमा उच्च अंक प्राप्त गरेका विद्यालयहरू मध्ये हरेक प्रदेशबाट सर्वोच्च अंक ल्याउने तीन–तीन वटाका दरले २१ वटा विद्यालयहरू छनोट गरेको थियो ।
बाल विकास केन्द्रको व्यवस्थापन विद्यार्थी विवरण,परीक्षाको नतिजा विवरण, शिक्षक विवरण, कर्मचारी विवरण, विव्यस गठन तथा बैठक सञ्चालन, शिक्षक अभिभावक सह गठन तथा बैठक सम्मान, लेखा परीक्षण तथा सामाजिक परीक्षण, विद्यालयको भौतिक अवस्थाको विवरण, शैक्षिक सूचना तथा सञ्चार प्रविधिको प्रयोग केन्द्रबाट प्राप्त अनुदानको व्यवस्थापन, सह तथा अतिरिक्त क्रियाकलाप सञ्चालन अभिलेख व्यवस्थापन कार्यान्वयन, अभिभावक भेटघाट तथा अन्तरक्रिया सञ्चालन लगाएतका सुचकमा बिद्यालय उत्कृष्ठ १५ औ स्थानमा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...