सुर्खेतको पञ्चपुरीलाइ डिजिटल नगरपालिका बनाउन सफ्टवेयर हस्तान्तरण,

सुर्खेतको पञ्चपुरी नगरपालिकालाई डिजिटल नगरपालिकाको रुपमा अगाडि बढाउनको लागि काम सुरु गरिएको छ । युएनडिपीको सहयोग तथा सुशासन प्रबर्द्धनका लागि युवा संस्थाद्वारा सञ्चालन भएको सम्बोधन परियोजनाले पञ्चपुरीको सुचना तथा तथ्यांकलाई ब्यबस्थापन गर्न तयार गरेको सफ्टवेयर नगरपालिकालाइ हस्तान्तरण गरेको छ ।
पञ्चपुरी नगरपालिकामा जनप्रतिनिधि, कर्मचारी, तथ्यांक संकलक लगाएतको सहभागीतामा भएको छलफलमा नगरपालिकामा तथ्यांक ब्यवस्थापन प्रणालीको संचालन, तथ्यांक संकलन सम्बन्धी छलफल समेत गरिएको छ । नगरपालिका र परियोजनाको साझेदारीमा बन्न लागेको सफ्टवेयरमा नगरपालिका भित्रका सम्पुर्ण वडाको सामाजिक, आर्थिक, पारिवारिक, रोजगार, साँस्कृतिक, शैक्षिक, कृषि, पशुपालन, सम्पति बिवरण आदि समेटिने भएको छ ।
परियोजनाका कार्यक्रम संयोजक खगेन्द्र सिजापतीले तथ्यांक संकलनको काम सुरु भएको करिब ३ महिना भित्र नगरपालिकाको सफ्टवेयरले पुर्णता पाउने बताउनुभएको छ । सफ्टवेयर निर्माण गरेपछि बेलाबेला अपडेट गर्ने र त्यसको सम्पुर्ण काम नगरपालिकाले गर्ने भएको छ । सफ्टवेयरमा हरेक ब्यक्तिको बिवरण राखिने र नागरिकले कुनैपनि सुचना जानकारी लिनको लागि वडा कार्यालयमा समेत हेर्न र सुचना लिन पाउने भएका छन ।
कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले सफ्टवेयरले नगरपालिकाको यतार्थ चित्रण गर्ने भएको हुदा तथ्यांक संकलन कर्तालाइ यताथृ बिबरण भर्न आग्रह समेत गर्नुभएको छ । नगरप्रमुख भण्डारीले अब बन्ने नगरपालिकाको बजेट र बिकास सफ्टवेयरको आधारमै गरिने समेत बताउनुभएको छ । सफ्टवेयर सुरु भएपछि योजनाको दोहोरोपन हुने समस्या समेत अन्त्य हुने भएको छ । नगरपालिकाले तथ्यांक संकलन गर्नको लागि प्रत्येक वडा बाट २ जनाका दरले २२ जना तथ्यांक संकलक समेत छनौट गरिसकेको छ । सफ्टवेयरले पुर्णता पाएपछि पञ्चपुरी नगरपालिका कर्णाली प्रदेशकै पहिलो डिजिटल नगरपालिका बन्ने भएको छ । आज भएको कार्यक्रम परियोजनाका पञ्चपुरी संयोजक सुशील घिमिरेले संचालन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...