सुर्खेत ।
नेपाली काङ्ग्रेस पञ्चपुरी नगरपालिका वडा नं. ११ का उपसभापति हेमन्त बहादुर बिष्टलाई वडा कार्यसमितिले उपचारकाे लागि नगद सहयोग गरेकाे छ । करिव ९ महिना अघि माेटरसाईकल दुर्घटना परि उपचार गरिरहेका बिष्टलाई पार्टीले रकम संकलन गरि सहयोग गरेकाे हाे ।
उपचारमा धेरै खर्च भएको र अझै रकम अभाव भएको कारण स्वास्थमा सुधार हुन केहि समय लाग्ने भएको हुदा उपचारका लागि नेपाली काङ्ग्रेस वडा कार्य समितिले ६७ हजार ५ सय ५५ रुपैया संकलन गरि सहयोग गरेकाे हाे । साथै वडा कार्यसमितिले बिष्टको उपचारमा सहयोग गरिदिन सबैलाई आग्रह समेत गरेकाे छ ।