राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतका केन्द्रीय सदस्य कबिराम पुरीले सुर्खेत पश्चिम काे बिकास गर्न अब राप्रपाकाे खाचाे रहेकाे बताएका छन । उनले अाफुलाई जनताले बिश्वास गरेर एकपटक निर्बाचित गराएमा ५ बर्ष मै पश्चिममा बिकासकाे मुहार फेर्ने दाबी समेत गरेका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेत क्षेत्र नं २ प्रदेश ख काे अायाेजना भएको हिन्दु राष्ट्र राजसंस्था पुनस्थापना जनजागरण अभियानकाे क्रममा बाबियाचाैरमा यस्तो कुरा बताएका हुन ।
स्व.सुशील काेईराला र सुनिलकुमार थापाकाे पहलमा पश्चिममा पुलहरु निर्माण भएको पुरीले बताए । राजसंस्था स्थापना भएन भने देशमा केही बर्षमा असहज बाताबरणको सृजना हुने समेत उनकाे भनाइ रहेकाे छ । कार्यक्रमका प्रमुख बक्ता राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य मुकुन्द श्याम गिरीले दुई तिहाइ काे सरकारले झन अराजकता र देशमा बिखण्डन ल्याएकाे बताए । देशमा शान्ति स्थापना हुन राजसंस्था जरुरी रहेकाे समेत बताए ।
बराहतालकाे बड्डिचाैर देखि चाैकुने गाउपालिकाकाे गुटु सम्म जागरण अभियान गरिएको हाे । जागरण अभियानमा सहभागीहरुले राजा अाउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्याराे छ लगाएतका नारा लगाएका थिए ।