देउडा गित `है जिरा फुल्याको छै क्या´ आज बाट छायांकन सुरु,

समय सामाजिक संजाल फेसबुक,टिकटकमा निकै रुचाईएको देउडा गित `है जिरा फुल्याको छै क्या´ छायांकन शुरु गरिने भएकोछ । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ६ सोल्टा रैनिकोटबाट छायांकन हुन लागेको गितमा सुदुरपस्चिमको मौलिक,साँस्कृतिक भेष-भुसालाई समेटिनेछ ।

काठमाडौको पशुपतिनाथ बाट विधिवत पुजा गरेर कैलालीको मोहन्यालको छायांकन गरिन लागेको गितमा तपेन्द्र रावलको शब्द/लय गायक चक्र बम, गायिका रेखा जोशी,लक्ष्मी आचार्य र पुजा देवकोटाको स्वर रहेको छ । प्रजातान्त्र दिवसको अवसर पारेर फाल्गुन ७ गते रिलिज गर्ने उद्देश्यले निर्माण हुन लागेको उक्त गितमा पत्रकार भिम तारामी मगरको निर्देशन रहनेछ । करिब दुई वर्ष अगाडि माला श्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितका टुक्काहरु केही दिन यता सामाजिक संजाल फेसबुक, टिकटक र युटुवमा सार्वाधिक रुचाईएको थियो ।

आर्थिक अभावको कारण छायांकन हुन नसकेको यो गित अहिले कोरियामा कर्मथलो बनाउदै आएका दिपु रावल, नरेश रावल र भारतमा बस्दै आएका नवीन जोशिको पहलमा निर्माण हुनलागेको निर्माण पक्षले जानकारी दिएको छ । झन्डै ११ लाख ८५ हजारको लागतमा निर्माण हुन लागेको गितमा खर्च बढ्ने संभावना बढेपछी आर्थिक सहयोग गरिदिन सर्जक तथा तपेन्द्र रावलले सबैलाई अनुरोध गरेका छन ।

पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि निर्माण गरिन लागेको उक्त गित सुदुरपस्चिमका, अछाम,रामारोशन, बाजुरा बडिमालिका,बझाङ खप्तड,अपि शैपाल, बैतडीको झुलाघाट,डोटिको बडिकेदार,शैलेश्वरी डडेलधुराको उग्रतारा, कंचनपुरको बेदकोट ताल,कैलालीको चिसापानी,घोडाघोडी ताल र दार्चुलामा भिडियो छायांकन हुने मिडिया संयोजक तथा कलाकार दिपक रावलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...