अपाङ्गता भएका ब्यक्तिहरुका लागि सिलाईकटाइ तालिम सुरु,

पञ्चपुरी नगरपालिका र आइ एन एफ सुर्खेतको सहयोगमा अपाङ्गता भएका परिवारका सदस्यलाइ सिलाईकटाई तालिम आज देखि सुरु गरिएको छ । पञ्चपुरी नगरपालिकाको वडा नं ६ मा ३ महिने सिलाई कटाई तालिम दिन लागिएको हो ।
तालिममा अपाङ्गता भएका ५ जना बिपन्न ब्यक्तिलाई सहभागिता गराइएको आयोजकले जनाएको छ । तालिममा आइएनएफ सुर्खेतका प्रतिनिधि उदय हमालले तालिम र परियोजनाको उद्देश्यको बारेमा जानकारी दिनुभएको छ ।
तालिमको उद्घाटन गर्दै पञ्चपुरी वडा नं ६ का वडा अध्यक्ष नरबहादुर सिजापतीले अपाङ्गता भएका ब्यक्तिहरुले आफुले सिकेको सिपलाई निरन्तरता दिएमा वडाको तर्फवाट पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
तालिम उद्घाटन कार्यक्रममा महिला बालवालिका जेष्ठ नागरिक उपशाखाका प्रमुख पबित्रा गौतम, नगर स्तरिय अपाङ्ग संजालका अध्यक्ष राजकुमार कंडेलको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...