आवाज संस्थाद्वारा पञ्चपुरीका २ सय ५० जनालाइ राहत सहयोग,

आवाज संस्था सुर्खेतले पञ्चपुरी नगरपालिकामा रहेका २ सय ५० जना नागरिकलाइ राहत बितरण गरेको छ । कोरोना महामारीको समयमा दैनिक ज्याला मजदुरी गुमाएका बिपन्न, कोरोनाका कारण ज्यान गुमाएका परिवार, अपांगता भएका, एचआइभि संक्रमित र एकल महिला मध्य बाट छनौट गरि राहत बितरण गरिएको हो ।

टिडिएच जर्मनको सहयोगमा पञ्चपुरी नगरपालिकामा काभिड १९ को प्रभाव कम गर्न स्वास्थ्य संस्था र युवा संजाललाइ सुदृढ गर्ने परियोना अन्तरगत आवाज संस्थाले नगरपालिकाको वडा नं १ मा २२ जना २ मा २३ जना, ३ मा २४ जना, ४ मा २३ जना, ५ मा २३ जना, ६ मा २२ जना लाइ बितरण गरेको छ ।

त्यसैगरी वडा नं ७ मा २३ जना, ८ मा २३ जना, ९ मान २३ जना, १० मा २२ र ११ मा २२ जनालाइ राहत उपलब्ध गराएको छ । राहतमा प्रति परिवार २५ किलो चामल, ५ किलो दाल, २ लिटर तेल, १ किलो नुन, साबुन ४ थान,२ प्याकेट सेनेटरी प्याड र १ डिब्बा मास्क सहयोग गरेको संस्थाका कार्यक्रम संयोजक शुसिल कुमार कार्कीले जानकारी दिनुभएको छ ।

संस्थाले यस अघि २ लाख ४७ हजार १ सय ९८ रुपैयाँ बराबरको पिपिइ सेट, सर्जिकल मास्क, ग्लोव्स, अक्सिमिटर, थर्माेगन सामाग्रि नगरपालिकालाइ सहयोग गरेको हो । उक्त सामाग्रि पञ्चपुरीका ११ ओटा स्वास्थ्य संस्था र कुईनेमा सञ्चालनमा रहेको हेल्थ डेस्कको लागि स्वास्थ्य सामाग्रि प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...