बि.सं २०७४ सालको स्थानीय तहको निर्वाचन को समयमा पञ्चपुरीमा नेपाली काङ्ग्रेस बाट नगरप्रमुखको उम्मेदवार रहेका उपेन्द्र बहादुर थापाको नगर प्रमुख भए पछि जनताको माझ धेरै काम गरेर देखाउने सपनाहरु थिए ।
चुनावी प्रचार प्रसारको समयमा थापाका जनताको माझमा धेरै प्रतिबद्धता पनि थिए । जसमध्येको एउटा सपना थियोे पञ्चपुरीका नागरिकहरुलाई लालपुर्जा बितरण गर्ने र जग्गाको मालिक बनाउने । जग्गाको मालिक बनाउने र बिकास गर्ने बिश्वास गरेर पञ्चपुरीका नागरिकले थापालाई नगर प्रमुखमा बिजयी गराए । थापाले आफ्नो चुनावी एजेन्डा मध्येको लालपुर्जा बितरणको कामलाई आफ्नो कार्यकालमा कहिल्यै बिर्सेनन ।
हरबखत हरेक कार्यक्रममा थापाले जहिले पनि लालपुर्जा बितरणको प्रकृया गरेरै छाड्ने र पूरा गर्ने बोल्दै आएका थिए । तर पुर्जा बितरण गर्ने काम भने जस्तो सजिलो भने थिएन । थापाले धेरै प्रकृया गरेर आफ्नै कार्यकालमा आफुले जनता बिच गरेको प्रतिबद्धता पूरा गर्ने भएका छन । बिहिवार राष्ट्रिय भुमि आयोग र पञ्चपुरी नगरपालिका बिच कार्य सहमति पत्रमा हस्ताक्षर भएको छ ।
नगरपालिकाको तर्फबाट नगर प्रमुख थापा र आयोगको तर्फबाट सदस्य गोबर्द्धन कोली बिच हस्ताक्षर भएको हो । कार्य सहमतिमा हस्ताक्षर भए संगै अव पञ्चपुरीका ६ हजार ४ सय ३९ जना भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीले जग्गाको लालपुर्जा पाउने भएका छन ।
नगरपालिकाले अब कर्मचारी ब्यवस्थापन गरि लगत्तै रोकिएको कामलाई सुरु गर्ने भएको छ । नगर प्रमुख थापाले स्थानिय तहको निर्बाचन अगावै जग्गाधनी प्रमाणपुर्जा बितरणका लागि काम सुरु गरिने बताएका छन ।
“नेपालभरीको ठुलो समस्याको रुपमा लालपुर्जा बितरणको काम नै हो, यसमा हाम्रो पञ्चपुरीको नगरपालिकाले पनि काम सुरुवात गरेको छ, चुनावका बेला जनताको बिचमा गरेको प्रतिबद्धता पुरा हुने भयो” थापाले भने । अब छिटै नगरवासीले जग्गाको पुर्जा पाउछन ।
नगरपालिकाले यस अघि २०७७ सालमा वडा नं १ मा २ सय २२, वडा नं २ मा ८ सय ३९, वडा नं ३ मा ८ सय ४१, वडा नं ४ मा ४ सय ४२, वडा नं ५ मा ७ सय १४, वडा नं ६ मा ६ सय ६६ जना ले फारम भरेका छन । त्यसैगरी वडा नं ७ मा ३ सय १३, वडा नं ८ मा ७ सय १३, वडा नं ९ मा ६ सय ४९, वडा नं १० मा ६ सय ८५ र वडा नं ११ मा ५ सय २१ जनाको फारम भरेको हो ।
पहिलो चरणमा वडा नं ४,५ र ६ मा माघ २५ गतेदेखि ३० गते सम्म दोस्रो चरणमा फागुन १ गतेदेखि ५ गते सम्म वडा नं ८, ९, १०, ११ र फागुन ६ गतेदेखि १० गतेसम्म वडा नं १, २, ३ र ७ मा तथ्यांक संकलनको काम सुुरु गरिएको थियोे ।