दुलालथाई माझीगाउँ चुनेरीताल खानेपानी आयोजनाको अध्यक्षमा थापा चयन,

२२ माघ, सुर्खेत

दुलालथाई माझीगाउँ चुनेरीताल खानेपानी आयोजनाको अध्यक्षमा विनोद कुमार थापा चयन हुनुभएको छ । पञ्चपुरी नगरपालिका वडा नम्बर ८ मा रहेको खानेपानी आयोजनाले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ। जसको उपाध्यक्षमा पञ्चसिंह थापा सचिव रामबहादुर बाेगटी सहसचिव देवीकला वन र कोषाध्यक्ष कल्पना नेपाली चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा पुल्ती बिष्ट, टिका वन, सार्वजित बुढा, टोपा गिरी, रेशम सुनार र खगेन्द्र सिग्देल रहनुभएकाे छ । नयाँ कार्यसमितिको पदभार ग्रहण तथा शपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...