पञ्चपुरीमा फागुन १ गतेदेखि १ लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता हुँदै,

फाईभस्टार युवा खेलकुद तथा सास्कृतिक क्लव पञ्चपुरी ६ सुर्खेतको आयोजनामा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । आगामि फागुन १ गतेदेखी बाबियाचौरमा प्रथम फाईभस्टार च्यालेन्ज कप २०८० आयोजना हुने भएको हो । प्रतियोगिताको लागि तयारी गरिएको र सहभागीता जनाउने टिमलाई पत्राचार गरिसकिएको क्लवका सचिब सन्तोष पुर्काेटीले जानकारी दिनुभएको छ ।
मैत्रीपूर्ण रुपमा खेलकुद सञ्चालन गरिने र खेलमा सहभागीता जनाउन सबैलाई पुर्काेटीले आग्रह समेत गर्नुभएको छ । पश्चिम क्षेत्रमा खेलकुदको बिकास गर्नको लागि आयोजना गरिएको खेलमा धेरै भन्दा धेरै टिमको सहभागी गराउने समेत उहाले बताउनुभएको छ ।
माघ २८ गतेसम्म टिम दर्ताको लागि आह्वान गरेको क्लवले टिम दर्ताको लागि ८ हजार ५ सय १ रुपैयाँ शुल्क निर्धारण गरेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख मेडल प्रमाणपत्र, दोस्रो हुने टिमलाई नगद ५० हजार मेडल प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...