नेकपा एमाले पञ्चपुरीले नगरभित्र गाउँटोल अभियान शुरु गर्ने

२१ माघ, सुर्खेत
नेकपा एमाले पञ्चपुरी नगरकमिटीले गाउँ टोल अभियान शुरु गर्ने भएको छ । पञ्चपुरीकोे बाबियाचौरमा बसेको पञ्चपुरी नगरकमिटीको बैठकले गाउँ टोल अभियान शुरु गर्न लागेको हो ।
बैठकमा पार्टिलाइ आगामी निर्वाचनमा निर्णायक राष्ट्रिय शक्ति बनाउन नेकपा एमालेले माघदेखि चैतसम्म ३ महिने वडा केन्द्रित अभियानलाई लक्षित गर्दै कमिटीले व्यापक छलफल गरी गाउँटोल अभियानलाई प्रभावकारी बनाउन लागेको हो ।

अभियान अन्तर्गत पार्टीका नेता कार्यकर्ता र संगठन टोलसम्मै परिचालन गरिने र संगठन र कमिटीहरू निर्माण गरिने नगर कमिटी अध्यक्ष भिमहबहादुर रावतले जानकारी दिनुभएको छ । बैठकमा बाबियाचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष पदमराज रिमाललाई बधाईसँगै सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...