जनजागृत आधारभुत बिद्यालय पञ्चपुरी ८ सुर्खेतकाे नव निर्मित भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । बिद्यालयले आज गरेको कार्यक्रममा बिद्यालयमा अवकास प्राप्त शिक्षकहरु यामलाल घिमिरे र पार्बती बनलाइ बिदाई समेत गरेको छ ।
कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक थानी प्रसाद घिमिरेले बिद्यालयको बिकासको लागि सबैको सहयोग रहेको बताउनुभएको छ । आगामी बर्ष बिद्यालयलाई मावि सञ्चालनका लागि पहल गर्ने योजना रहेको हुदा यसमा सबैले साथ सहयोग गर्न घिमिरेले आग्रह गर्नुभएको छ । कार्यक्रमका विशेष अतिथी पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले नगरपालिकाले बिद्यालयको बिकासका लागि यश अघिदेखी सहयोग गर्दै आएको बताउनुभएको छ । साथै उहाले भौतिक बिकास संग बिद्यार्थीको शैक्षिक स्तर सुधार्न समेत जरुरी रहेको बताउनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथी पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले नगरपालिकाले नगरको शैक्षिक स्तर बढाउनको लागि नियमित अनुगमन गरि समस्याको बारेमा जानकारी लिने गरेको बताउनुभएको छ । भण्डारीले बिद्यालयलाई भार हुने गरि कक्षा थप्ने भन्दा पनि भएको कक्षालाइ गुणस्तरीय बनाउन तर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । पञ्चपुरीमा शिक्षक दरबन्दी कम भएको र आय स्रोत कम भएपनि शिक्षक ब्यवस्थापन गरेको जानकारी दिनुभएको छ ।
कार्यक्रममा बिद्यालयमा योगदान पु¥याउने विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । बिद्यार्थीका विभिन्न गित तथा नृत्य प्रस्तुत गरि कार्यक्रम सुरुवात गरिएको हो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भक्ति पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
