आयोगले चुनाव गराउन ७ अर्ब ७ करोड रुपैयाँ माग्यो,

आउँदो वैशाखमा घोषणा भएको चुनावका लागि निर्वाचन आयोगले सरकारसँग सात अर्ब सात करोड ९४ लाख रुपैयाँ बजेट माग गरेको छ । 

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि २०७७ र निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने रकम सात अर्ब सात करोड ९४ लाख रुपैयाँ निकासाका लागि  अर्थ मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिएको छ । 

कोरोना महामारीको समयमा चुनाव सञ्चालन र व्यवस्थापन गर्नुपरेको हुँदा खर्च धेरै लाग्ने भए पनि विगतका चुनावमा भएका खर्चभन्दा मितव्ययी हुने गरि चुनावको तयारी गरिएको आयोगले जनाएको छ ।

विगतका चुनावमा प्रयोग गरि अहिले मौज्दातमा रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरि प्रयोग गर्ने व्यवस्था गरिएकाले नयाँ सामग्री, उपकरण र गाडी खरिद गर्ने रकम बजेटमा समावेश गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...