श्रमको सम्मान, राष्ट्रको अभियान भन्ने राष्ट्रको मुल उद्देश्य अनुसार बराहताल गाउपालिकामा पनि अभियान संचालन गरिएको छ । बराहाताल गाउपालिकाको वडा नं ८ को कार्यालयबाट अभियान सुरु गरिएको रोजगार संयोजक रामकृष्ण गौतमले जानकारी दिनुभएको छ ।
गौतमले माघ र फागुन महिनालाई श्रमको महिनाको रुपमा लिईने भएको हुदा गाउपालिकाको आयोजनामा माघ महिनाभर प्रत्येक वडामा अभिमुखिकरण गरिने बताउनुभएको छ । अभिमुखिकरण कार्यक्रममा रोजगार कार्यक्रममा सहभागी हुने हरुका लागि प्रकृयाको बारेमा जानकारि समेत दिने गरिएको छ ।
गाउपालिकाले वडा नं ८ बाट गरिब परिचय बितरण कार्यक्रम सुरुवात संगै अभिमुखिकरण कार्यक्रम समेत सुरुवात गरेको छ ।