गोल्डेन फ्युचर एकेडेमी पञ्चपुरी ५ को चौथो अभिभावक दिवस सम्पन्न,

गोल्डेन फ्युचर एकेडेमी पञ्चपुरी ५ सुर्खेतको चौथो अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम आज बाबियाचौरमा सम्पन्न भएको छ । सहिद दिवसको अवसरमा बिद्यालयले सञ्चालन गरेको अतिरिक्त क्रियाकलाप तथा गत शैक्षिकसत्र मा बिद्यालयमा विभिन्न नतिजा प्राप्त बालबालिकालाई कार्यक्रममा पुरस्कार समेत बितरण गरिएको छ । अभिभावक भेलामा बालबालिकाहरुको नृत्य समेत प्रस्तुत गरिएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस पञ्चपुरीका सभापति कृपाराम थापाले बिद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षक अभिभावकको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको छ । अभिभावकले समय समयमा बिद्यालयमा पुगेर आफ्ना बालबालिकाको शैक्षिक अवस्थाको बारेमा जानकारी लिने काम निरन्तर गर्नुपर्नेमा समेत जोड दिनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथी पञ्चपुरी नगरपालिका वडा नं.५ का अध्यक्ष नगेन्द्र बहादुर शाहीले स–साना बालबालिकाले देखिएको प्रतिभा र बिद्यालयको शैक्षिक प्रगती देख्दा खुसि लागेको बताउनुभएको छ । साथै उहाले बालबालिकालाई भयरहित बातावरणमा अध्ययन गराउन आग्रह समेत गर्नुभएको छ । कार्यक्रम बिद्यालयका प्रिन्सिपल तारा प्रसाद कंडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...