पञ्चपुरीमा अब्यवस्थित बसाेबासीहरुकाे लगत संकलन गरिदै,

पञ्चपुरी नगरपालिकामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्यका लागि छुट्टै इकाई स्थापना गरिएको छ । अाज एक कार्यक्रमका बिच बाबियाचाैरमा इकाई कार्यालयकाे उद्घाटन गरिएको छ । उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले नगरपालिकामा रहेकाे भूमि समस्या सम्बन्धी सम्पुर्ण समस्याहरु समाधानका लागि तीब्र गतिमा काम संचालन हुने बताउनुभयो ।

थापाले अाफुले पहिले देखिनै जग्गाको पुर्जा बितरण गर्ने भनेर लिएकाे उद्देश्य पूरा हुने बताउनुभयो । नगरपालिका भित्रका सम्पुर्ण भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई भूमिको मालिक बनाउने गरी काम गर्न लागेको समेत उहाले बताउनुभयो । अाज नै पञ्चपुरी नगरपालिकाको भूमिहिन सुकुम्बासीहरुको सहजीकरण समितीको बैठक बसी फागुनकाे दाेस्राे हप्ता सम्म वडा स्तरवाट तथ्यांक संकलन गरिसक्ने निर्णय गरेकाे छ । नगरपालिकाले वडा स्तरमा खटिने कर्मचारीहरुलाइ सहयाेग गर्न सबैलाई अाग्रह समेत गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...