सुर्खेतकाे पञ्चपुरी नगरपालिका ११ तातापानीमा आमाबुवा गुमाएका परिवारलाई राहत सहयोग गरिएको छ । दिर्घ बुवा लुवार र आमा तुल्ली कामीको मृत्युपछि बिचल्लीमा परेका ११ बर्ष मनिषा बिक ९ बर्षका शंकर बिक ४ बर्षका करण बि क र कबिता बिकलाई राहत सहयोग गरिएको छ ।
बुधबार प्रेम सुनार, धनिराम बि क दलितका लागि दलित आन्दोलन नेपाल पञ्चपुरी नगरपालिका संयोजक ललित सुनारको पहलमा पञ्चपुरीमा संकलन गरिएको राहत कार्यापालिका सदस्य अनिता बिकको रोहबरमा हस्तान्तरण गरिएकाे हाे । पञ्चपुरीका ३२ जनाबाट संकलन गरिएको
नगद रकम १४ हजार ८ सय ८० र खाद्यान्न समेत सहयोग गरिएको हाे ।
