सुर्खेतको पञ्चपुरी नगरपालिकाले नगरपालिकाकाे सेवा क्षेत्रमा रहेकाे सार्वजनिक जग्गा खालि गराउने काम सुरु गरेकाे छ । नगरपालिकाले आज ३५ दिने सुचना जारि गरेकाे छ ।
सुचनामा स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ११(२) को खण्ड (क) ले सार्वजनिक भवन, ऐलानि र पर्ति जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पुर्वाधारको संरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानिय तहलाई तोकेको छ।
त्यसैगरी ऐ ऐनको दफा ९७(१) मा आफ्नो भौगोलिक क्षेत्र भित्रको सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पतिको रेखदेख मर्मत सम्भार तथा संरक्षण गर्ने कानुनी दायित्व समेत स्थानीय तहलाई तोकेको छ ।
उल्लेखित कानुनी व्यवस्थाका आधारमा पञ्चपुरी नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गा र सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पतिको संरक्षण गर्ने दायित्व पर्ने बाटो, कुलो, खोल्सा, पाटि, पौवा, मन्दिर आदि यस कार्यालयमा रहेकोले कुनै पनि संघ संगठन, निकाय, समुह, व्यक्ति वा अन्य जो कसैले जुनसुकै तरिका वा प्रक्रिया बाट त्यस्ता सम्पतिको नोक्सान गर्ने, क्षेति गर्ने, नष्ट गर्ने, वा अतिक्रमण गर्ने कार्य निषेध गरिएकोले जग्गा तत्काल खालि गराउन हुन यो सुचना प्रकाशित गरिएको छ ।
यस सुचनाको उल्लङघन गरी कसैले सरकारी, सार्वजनिक वा सामुदयिक सम्पतिमा हानि नोक्सानि गरेमा र क्षेति पुर्याएमा वा अतिक्रमण गरेमा सम्बन्धित पक्षलाई कानुन बमोजिम कारवाहि एवम हानि नोक्सानि वाफतको क्षतीपूर्ति समेत कानुन बमोजिम भराइने व्यहोरा समेत सुचना मार्फत भनिएको छ ।