१६ माघ, सुर्खेत ।

एसियन लाइफ इन्साेरेन्स कम्पनी लिमिटेड सुर्खेत शाखाद्वारा मृत्युदाबी रकम हस्तान्तरण गरिएको छ । चौकुने गाउँपालिकामा आज विमित मृतक दीपा खत्रीको ४५ औं पुण्यतिथिका अवसरमा उहाँका श्रीमान हिमराज धमलालाई रकम हस्तान्तरण गरिएको छ ।
चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोलाको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो । मृतकको १० लाख बीमाङ्क दुर्घटना १० लाख र बोनस रकम गरी जम्मा २० लाख ३३ हजार ६६६ रहेको थियो । उक्त कार्यक्रममा एजेन्सी म्यानेजर गंगाराम कडेल चक्रपाणी सापकोटा लगायत मार्केटिङ एजुकेटिभ ऋषि बहादुर थापाको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो।











