मध्यपश्चिम विश्वविद्यालय बिद्यापुर जनता बहुमुखी क्याम्पसको १६ औ वार्षिकोत्सब कार्यक्रममा आज पञ्चपुरी ९ को बिद्यापुरमा सम्पन्न भएको छ ।
कार्यक्रममा क्याम्पस प्रमुख तिर्थ बहादुर शाहीले आ.ब २०७८÷०७९ को १ करोड २२ लाख ८८ हजार ६ सय ५८ रुपैया बराबरको आय ब्यय तथा प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा शाहीले क्याम्पसको आर्थिक अवस्थालाई बलियो बनाउन धार्मिक ज्ञान महायज्ञ कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ ।
कार्यक्रममका प्रमुख अतिथि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बिनोद शाहले क्याम्पसको बिकासका लागि मन्त्रालयबाट आवश्यक पर्ने हरेक सहयोगका लागि आफु निरन्तर लागि पर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालबिर भण्डारीले आफ्नो सेवा सुविधा बाट ५ बर्षकाे अबधि सम्म अक्षयकोषका लागि प्रत्येक बर्ष १÷१ लाखका दरले रकम सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । त्यस्तै पुर्व क्याम्पस प्रमुख डिल्लीराम भण्डारी १ लाख र हेम प्रकाश भुसालले १ लाख १ हजार १ सय ११ रुपैया अक्षयकोष्का लागि सहयोग गर्नुभएको छ । क्याम्पसले यस अघिको अक्षय कोषबाट जेहन्दार ५ जनालाइ सहयोग गरेको छ ।