पञ्चपुरी नगर खेलकुद बिकास समितिको आयोजनामा पञ्चपुरीको पलैटेमा तेस्रो मेयरकप फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारा सहित पञ्चपुरी नगरपालिकाको सहयोगमा पञ्चपुरी २ को पलैटेमा प्रतियोगिता सुरु भएको हो ।
मैत्रीपूर्ण उद्घाटन खेल पञ्चपुरीका राजनीति दल, कर्मचारी र जनप्रतिनिधि बिच भएको थियोे । मैत्रिपुर्ण खेलमा राजनीति दलले जनप्रतिनिधि र कर्मचारी लाई पराजित गरेको छ । राजनीतिक दलले जनप्रतिनिधिको टिमलाई १ गोल र कर्मचारीको टिमलाई २ गोल गरेको छ । उद्घाटन खेल पछि वडा स्तरीय प्रतियोगितात्मक खेल संचालन भएका छन ।
प्रतियोगितात्मक खेलमा वडा नं १० ले वडा नं ११ लाइ १ का बिरुद्ध ३ गोल गरेको छ भने वडा नं. ६ ले वडा नं. ५ लाइ १ का बिरुद्ध ४ गोल गरेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद ५० हजार प्रमाणपत्र र मेडल तथा दोस्रो हुने टिमलाइ नगद २५ हजार प्रमाणपत्र र मेडल पुरस्कारको ब्यवस्था गरिएको छ । प्रतियोगिताको उद्घाटन नगरप्रमुख लालबीर भण्डारीले गर्नुभएको हो ।