बराहताल गाउपालिका सुर्खेतले अाफ्नाे गाउपालिका क्षेत्रमा रहेकाे बड्डिचाैर खम्बगाडे सडक खण्डमा बिग्रेको बाटाेकाे मर्मत कार्य सुरु गरेकाे छ ।
माघ १२ गते “अाफ्नै लगानीमा अलपत्र परेका यात्रुकाे उद्दार” शिर्षकमा शुभ सन्देश डटकम र रेडियो डाडादरा एफएमबाट समचार प्रसारण भएपछि गाउपालिका र प्रदेश सरकारले बजेट उपलब्ध गराएर काम सुरु भएको हाे । यता यातायात ब्यवसायीले गरेकाे बन्द लाई समर्थन गर्दै पञ्चपुरी का नागरिकहरुले थप अान्दाेलनकाे सुरुवात गरेका छन ।
उनिहरुले बराहतालकाे बड्डिचाैर देखि चाैकुने गाउपालिकाकाे लगाम सम्म नियमित रुपमा गाडि सञ्चालनकाे लागि बाटाे स्तर उन्नतिकाे माग गर्दै अान्दाेलनकाे सुरुवात गरेका हुन। सडकका विभिन्न ठाउमा खाल्डाखुल्डी परेर गाडि सञ्चालन गर्न कठिनाइ भएपछि सुर्खेतकाे वीरेन्द्रनगर देखि पश्चिम लगाम सम्म यातायात सेवा बन्द भएको छ ।
यातायात ब्यवसायीले बाटाेकाे अवस्थामा सुधार नभएसम्म सवारीसाधन नचलाउने अडान लिएका छन भने स्थानीय नागरिकले तत्काल बाटाेकाे काम अगाडि बढाउन माग गरेका छन । अाज बाबियाचाैरमा भेला भएका नागरिकहरुले टायर बालेर अान्दाेनकाे सुरुवात गरेका छन । बाटाे बनाउन राजनीतिक दल हरुले विभिन्न बहाना बनाउने टेन्डर सुरु भएको छ काम लगत्तै सुरु हुन्छ भन्दै अाएकाे बर्षाै बितिसकेकाे छ । तर अहिलेसम्म काम सुरु भएको छैन । बि. स.२०४८ सालमा बाटाेकाे ट्रयाक खुलेकाे र ३० बर्ष बितिसक्दा अहिले सम्म पनि बाटाेकाे अवस्था जस्ताको तस्तै छ ।
चुनावी एजेन्डाकाे रुपमा मात्रै बाटाेलाई प्रचारप्रसार गरिएको छ । यातायात ब्याबसायीले यातायात सञ्चालन नगरेपछि यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्नुपरेकाे छ । नागरिकले गरेकाे अान्दाेलन र समस्या बारे जानकारी दिएपछि कर्णाली प्रदेशका अार्थिक मामिला तथा याेजना मन्त्री बिन्दमान बिष्टले बराहतालकाे बड्डिचाैर खम्बगाडे सडक खण्डमा समस्या देखिएको र त्यसकाे लागि बराहताल गाउपालिका लाई तत्काल बाटाे मर्मतका लागि बजेट उपलब्ध गराएको बताएका छन । समस्या पञ्चपुरी र चाैकुनेमा पनि रहेकाे र नगरपालिका र गाउपालिकाले बजेट माग गरेमा उपलब्ध गराउने समेत जनाएका छन ।
यता बराहताल गाउपालिका अध्यक्ष तेजबहादुर बस्नेतले तत्काल मर्मत गर्नकाे लागि बजेट माग गरेकाे र अाज देखि नै बाटाे मर्मतकाे काम भैरहेकाे बताएका छन । प्रदेश बाट ७ लाख बजेट उपलब्ध भएको र अपुग भएको बजेटकाे स्राेत खाेजेर बाटाे मर्मत गर्ने समेत बताएका छन ।