१६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता बाबियाचौरमा सुरु

१६ माघ, सुर्खेत ।
विद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी ५ बाबियाचौर सुर्खेतको आयोजनामा १६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता बाबियाचौरमा सुरु भएको छ । पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा रहेको बीपी रङ्गशालामा सञ्चालन भएको खेलमा पञ्चपुरी नगरपालिकाभित्र रहेका १२ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ ।
खेलकुद कार्यक्रमको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले यस वर्षदेखि खेलकुद छनौट प्रतियोगितालाई रनिङ शिल्डकै रुपमा अगाडि सारिएको बताउनुभएको छ । उत्कृष्ट विद्यालयलाई शिल्ड प्रदान गर्ने र आगामी वर्षमा खेलकुद सञ्चालन गर्ने विद्यालयको छनोट समेत गरिने भण्डारीले बताउनुभएको छ ।

प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराते लगायत बिभिन्न बिधाका खेलकुद समावेश गरिएको छ । उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयको मार्चपास सँगै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको छ । कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रम विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र रावलको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...