समुदायमा नेपाली कांग्रेस अभियानका लागि पञ्चपुरीमा ११ जना प्रतिनिधी खटाइयो

नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सुर्खेतमा भएको बैठकले समुदायमा कांग्रेस अभियानका लागि वडा स्तरमा प्रतिनिधी खटाएको छ । समुदायमा कांग्रेस अभियानका केन्द्रीय प्रतिनिधि मानबहादुर नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न विस्तारित बैठकको निर्णय अनुसार पञ्चपुरीका ११ वडामा अभियान सञ्चालन गर्नको लागि प्रतिनिधी पठाएको हो ।
माघ १६ गते देखि २६ गते सम्म सञ्चालन हुने अभियानमा टोलटोलमा पुगेर नागरिकका सुझाव संकलन, गुनासो सुनुवाइ, नेता कार्यकर्ताको बिचार तथा उनिहरुका सल्लाह लिने कार्यक्रम गरिने नगर कार्यसमिति पञ्चपुरीका सभापति कृपाराम थापाले जानकारी दिनुभएको छ ।
समितिले पञ्चपुरीको वडा नं १ मा यामबहादुर बि सि, वडा नं २ मा यामलाल कंडेल, वडा नं ३ मा बिजयराम शर्मा, वडा नं. ४ मा कलम बहादुर खत्री र वडा नं ५ मा नरेन्द्रबहादुर शाहीलाइ प्रतिनिधी खटाएको छ । त्यसैगरी वडा नं. ६ मा डिल्लिराम पाठक, वडा नं. ७ मा खिमबहादुर बयक, वडा नं. ८ मा ज्ञानुकुमारी कंडेल, वडा नं. ९ मा भक्तिप्रसाद पौडेल, वडा नं. १० मा छविलाल सिग्देल र वडा नं. ११ मा हरिप्रसाद ढकाललाइ प्रतिनिधी पठाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...