धनकुटा महोत्सवमा झडप हुदा बालबालिकासहित २५ जना घाइते,

धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरूमध्ये तीन जना गम्भीर छन् । धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार झडपमा धनकुटाको मारेकटहरेकी श्रेया कटुवाल, महालक्ष्मी नगरपालिका जीतपुरकी कुसुम श्रेष्ठ, उनका छोरा प्रकट श्रेष्ठ, सुनिल लिम्बु, धनकुटा-५ की शान्ता योगी, सित्तलपाटीकी विनिता लिम्बु, हिलेका नन्दकुमार तामाङ, आईत राई, उदीप राई, विशाल तामाङ, धनकुटा-७ की अंशु सुवेदी, पाख्रिवासका अनिस कार्की घाइते भएका छन्। झडपमा घाइते भएकामध्ये सात जनाको अवश्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि १५ जनालाई धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिइन् ।

घाइत ओसार्न एम्बुलेन्स अभाव भएपछि जिल्लाका सबै सरकारी गाडी प्रयोग गरिएको छ ।  निमित्त प्रजिअ अधिकारीले घाइतेलाई अस्पताल पुर्‍याउनका लागि सरकारी कार्यालयका सवारीसाधन प्रयोग गर्न आफूले निर्देशन दिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...