सुर्खेतको जनजागृत अाधारभुत बिद्यालय पञ्चपुरी ८ दुलालथाई ले शहिद दिवशकाे अबसरमा विभिन्न कार्यक्रमकाे अायाेजना गरि मनाएकाे छ । सहिद हरुकाे सम्झनामा माघ १० गते देखि सप्ताहकाे रुपमा सहिद दिवश मनाउने गरिएको छ । बिद्यालयकाे प्राङ्गणमा सप्तरङ्गी युवा क्लवले खुला भलिबल प्रतियोगिताकाे समेत अायाेजना गरेकाे छ ।

कार्यक्रममा पञ्चपुरी नगरपालिका का उप प्रमुख मुक्ति रेग्मीले शहिदकाे सपना पूरा गर्नु हामी नेपालिकाे कर्तव्य रहेकाे बताउनुभएको छ । साथै उहाले खेलकुद मर्यादित रुपमा संचालन गर्न र सफलताको शुभकामना समेत दिनुभएको छ । उप प्रमुख रेग्मीले बिद्यालयमा शाैचालय र ४ काेठे भवन जसरी पनि निर्माणका लागि सहयोग गर्ने बताउनुभएको छ ।

कार्यक्रममा माैरिडाडा सामुदायिक बनले बिद्यालय संचालनका लागि १ लाख र खेल संचालनका लागि क्लबलाई ५ हजार सहयाेग गरेकाे छ । यता सहिद दिबशकाे अबसरमा बाबियाचाैर माद्यामिक बाेर्डिङ्ग स्कुलकाे अायाेजनामा सदन स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न गरेकाे छ । कृपाराम थापाकाे अध्यक्षतामा कार्यक्रम भएको बिद्यालयका प्रिन्सिपल रुपेन्द्र कुमार यादबले जानकारी दिनुभएको छ ।