१५ माघ, सुर्खेत ।
सुर्खेतको बराहताल गाउँपालिमा सुरु भएको गाउँपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ। माघ १३ गतेदेखि सुरु भएको गाउँपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता आज सम्पन्न भएको हो । बराहताल गाउँपालिका वडा नम्बर ५ स्थित बड्डीचौरको प्राङ्गणमा प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा ९ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा प्रथम शिल्ड भेरी माध्यमिक विद्यालय तरंगाले ५३ अंक प्राप्त गरेर जितेको छ। जनज्योती माध्यमिक बिद्यालय बड्डिचौर ५१ अंक सहित दाेस्राे र सरस्वती माध्यामिक बिद्यालय चेपाङ ३३ अंक सहित तेस्रो भएको छ ।
आगामी वर्ष हुने बराहताल गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता वडा नम्बर ७ मा रहेको सुर्यज्योति माद्यामिक विद्यालयमा हुनेछ । कार्यक्रमको समापनमा जनज्योति माविमा अध्ययनरत राष्ट्रिय खेलाडी अजय विकलाई नगद ३० हजार नगद सहित सम्मान गरिएको छ । यस्तै NCC का पलाटुनलाई पनि सम्मान गरिएको थियो।
जनज्योति माध्यमिक विद्यालयका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष टाेपबहादुर गरङ्जाकाे अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा खेलकुद प्रतियोगिताका विजेताहरुलाई अध्यक्ष भिम बहादुर भण्डारी, उपाध्यक्ष लक्ष्मी पुन लगाएत वडाध्यक्षहरुले प्रमाणपत्र ट्रफी र मेडल प्रदान गर्नु भएको थियो।