पञ्चपुरी नगरपालिका वडा नं. ४ का देउडा समूहलाई पोशाक वितरण

१५ माघ, सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ४ ले देउडा समूहलाई पोशाक वितरण गरेको छ । पञ्चपुरी नगरपालिकाको सहयोग तथा वडा नम्बर ४ को आयोजनामा वडामा रहेका महिलाहरूको लागि पोशाक वितरण गरेको हो ।
वडामा रहेको महिलाहरूले यस अघिदेखि नियमित न्याउले खेल खेल्दै आएको हुँदा यसलाई थप प्रभावकारी बनाउनको लागि बजेट विनियोजन गरेको वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद अधिकारीले बताउनुभएको छ । समुदायमा रहेको पुरानो संस्कृतिलाई जगेर्ना गर्दै लोप हुन लागेको न्याउले खेल बचाउनको लागि वडाले गरेको सहयोगले थप हौसला बढ्ने उहाँको विश्वास रहेको छ ।

कार्यक्रममा संस्कृति संरक्षणका लागि वडाले गरेको प्रयास राम्रो भएको र अझै आगामी दिनमा थप बजेटको विनियोजन गरिदिन पर्नेमा महिलाहरूले जोड दिएका छन् । कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले नगरपालिकाले संस्कृति संरक्षणका लागि यस अघिदेखि कार्यक्रमहरू सञ्चालन गर्दै आएको र कर्णाली सांस्कृतिक समाजले गरेको काम अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

साथै उहाँले न्याउले खेल बचाउनको लागि पुरानो पुस्ता मात्र नभई नयाँ पुस्तालाई सिकाउन जरुरी रहेको समेत बताउनुभएको छ । कार्यक्रममा राजनीतिक दल वडाका जनप्रतिनिधिहरु समाजसेवी बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...