आइपीएम कृषक पाठशालाको एक कार्यक्रमका बिच भावरमा समापन

१५ माघ, सुर्खेत ।
नेपाल जीविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम २ अन्तर्गत आइपीएम कृषक पाठशाला समापन कार्यक्रम आज पञ्चपुरीको भाबरमा सम्पन्न भएको छ । अस्ट्रेलियन एड कारितास, अस्ट्रेलियाको सहयोग, समावेशी आइपीएम कृषक पाठशालाको समन्वय र कारितास नेपालको आयोजनामा कार्यक्रम गरिएको हो । ६ महिनासम्म सञ्चालन भएको पाठशाला आज समापन गरिएको आयोजकले जनाएको छ ।
पञ्चपुरी ६ को भावरमा रहेका कृषकहरूको समूहमा आइपीएम अन्तर्गत रोगकिरा व्यवस्थापन, उचित मलखाद, कम्पोस्ट मल व्यवस्थापन, नर्सरी व्यवस्थापन, आधुनिक कृषि खेती लगायत बिउ उपचार सम्बन्धी छलफल गरिएको छ । कृषक पाठशालाका सहभागी शिवप्रसाद खनालले आइपीएम कृषि पाठशालाबाट कृषकहरूका लागि धेरै कुराको फाइदा भएको र यसबाट आधुनिक कृषि प्रविधि तथा खेती लगाउने तरिकाको बारेमा राम्रोसँग जानकारी भएको समेत बताउनुभएको छ । साथै उहाँले कृषकहरुलाई उत्पादनमूलक काममा जोड्नको लागि स्थानीय तहले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा पञ्चपुरी नगरपालिका नगरप्रमुख लालवीर भण्डारीले कृषकहरूको आम्दानी बढाउनको लागि नगरपालिकाले कृषिसँग उत्पादनमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि कृषकहरुका लागि अनुदानका कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाउनु भएको छ ।
पुरानो प्रविधिभन्दा आधुनिक प्रविधि र बजार मागअनुसारको खेती गर्न सकेमा त्यसबाट तत्काल आम्दानी गर्न सकिने समेत उहाँले बताउनुभयो । कार्यक्रममा संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि लगायत कृषकहरूको सहभागिता रहेको थियो । कार्यक्रम आइपीएम कृषक पाठशालाका अध्यक्ष मनरुपा कुमारी बलामीको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...