विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेतको १७ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा आज देखि माद्यामिक तह स्तरको फुटसल प्रतियोगिता बिद्यापुरमा सुरु भएको छ । विद्यापुर जनता बहुमुखी क्याम्पस पञ्चपुरी सुर्खेतको आयोजना र स्वतन्त्र विद्यार्थी युनियनको सह आयोजनामा भएको फुटसल प्रतियोगिता एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
उद्घाटन चरणको आयोजक विद्यापुर जनता बहुमुखी क्याम्पस र जनसिर्जना मा वि तातापानी बिचको खेलमा जनसिर्जना मा वि तातापानीले जित निकालेको छ । त्यसैगरी दोस्रो बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौर र जीवनज्योती माद्यामिक बिद्यालय गुटु बिचको खेलमा जीवनज्योतीले जित हासिल गरेको छ । खेल भोली सम्म सञ्चालन हुने र प्रथम लाई नगद १५ हजार र दोस्रो हुनेलाई नगद ७ हजार पुरस्कार दिने आयोजकले जनाएको छ ।