७१ औं अन्तर्राष्ट्रिय कुष्ठरोग दिवस पञ्चपुरीको बाबियाचौरमा मनाईयो,

कुष्ठरोग सम्बन्धि गलत अबधारणको अन्त्य गरौ, मर्यादित ब्यबहार गरौ भन्ने नाराका साथ ७१ औ विश्व कुष्ठरोग दिवस आज बाबियाचौरमा मनाईएको छ । स्वास्थ्य सेवा निर्देशनालय, जनस्वास्थ्य कार्यालय सुर्खेतको आयोजना तथा बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौर र स्वास्थ्य शाखा पञ्चपुरीको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरमा अध्ययनरत बिद्यार्थी, शिक्षक र स्वास्थ्यकर्मीको सहभागीतामा ¥यालि सहित बजार परिक्रमा गरि कोणसभा गरिएको छ ।
कोणसभामा बोल्दै जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले कुष्ठरोग उपचार पछि निको हुने भएको हुदा आत्तिनु नपर्ने बताउनुभएको छ । गौतमले शरिरमा रातो फुस्रो दाग देखा परेमा कुष्ठरोगको लक्षण हुनसक्ने भएको हुदा स्वास्थ्य परिक्षण भने तत्कालै गर्नुपर्नेमा सबैलाई सुझाव समेत दिनुभएको छ । साथै उहाले बर्षमा १ दिन मात्रै कार्यक्रम गरेर मनाउने नभई यसको प्रचारप्रसार सधैं गर्नुपर्ने र यसमा बिद्यार्थीको भुमिका महत्त्वपूर्ण हुनेमा समेत जोड दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...