सुर्खेतको बराहाताल–८ दमारे नजिक बस दुर्घटना,

कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहाताल–८ दमारे नजिक बस दुर्घटना हुँदा चारजना घाइते भएका छन्। दैलेखदेखि नेपालगन्जका लागि छुटेको कर्णाली प्रदेश ००२००१ख००१ नम्बरको बिहीबार दिउँसो  करिब एक बजेतिर बस दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बस सडकबाट करिब २० मिटर तल खोल्सामा खसेको छ।

प्रहरीका अनुसार बसमा सवार ४ जना घाइते भएका छन्। घाइते हुनेमा दैलेख नारायण नगरपालिका वर्ष ८७ का नन्दा विक नारायण नगरपालिका वर्ष ४१ का मीरा श्वर्णकार नारायण नगरपालिकाकै वर्ष २१ का एलिना पुलामी र डुङ्गेश्वर गाउँपालिकाका ४५ वर्षीया लक्ष्मी राना रहेका छन्।

बसमा सवार १३ जना रहेको थिए। बस मालिकले नै बस चलाएको हुनाले दुर्घटना हुनसक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...