सुर्खेत
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ पञ्चपुरीको प्रथम नगर अधिवेसन आज बाबियाचौरमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकामा भएका जनजाति हरुको भेलाले चन्द्रबहादुर राजिको अध्यक्षतामा नया कार्यसमिती निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा ओमबहादुर तारामी, अमृता माझी, सचिव भक्तबहादुर लामिछाने, कमल माझी, कोषाध्यक्ष मनबहादुर सिजाली, सहसचिव रामबहादुर सलामी, भूषण सिजालि रहेको छ । त्यसैगरी सदस्यहरुमा कर्णबहादुर पल्ली, स्यानि राजी, अईमान आले, पदम बहादुर बलामी,मनरुपा वलामी रहनुभएको छ ।
नगरको प्रथम अधिवेसनमा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा समुदायमा कांग्रेस अभियानका प्रतिनिधि मानबहादुर नेपालीले कार्यक्रममा समुदायमा कांग्रेस अभियानको बारेमा जानकारी समेत दिनुभएको छ ।
