सुर्खेत ।
अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने उद्देश्यका साथ नेपाल शिक्षक महासंघ पञ्चपुरीको दोस्रो नगर परिषद आज सम्पन्न भएको छ । नेपाल शिक्षक महासंघ पञ्चपुरी नगर समितिको आयोजनामा पञ्चपुरीको बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरमा कार्यक्रम गरिएको हो । कार्यक्रममा महासंघका अध्यक्ष बिरेन्द्र कुमार जोशीले संघले गरेका कार्यक्रम र उपलब्धिका बारेमा समेत जानकारी दिनुभएको छ ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले शिक्षकहरुको पेशालाई स्थानीय सरकारले सम्मानका साथ हेरेको र शिक्षाका विभिन्न कामहरुमा महासंघको सल्लाह सुझावका साथ काम गरेको बताउनुभयो छ । साथै उहाले शिक्षकको समस्या गुनासा सुनुवाइ गर्न आफु निरन्तर साथमा रहने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले शैक्षिक गुणस्तर बढाउन शिक्षकको पनि महत्त्वपूर्ण भुमिका रहेको हुदा शिक्षक सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ । साथै भण्डारीले शिक्षकका हरेक मागमा आफ्नो समर्थन रहने र त्यसका लागि सरकारले पनि सकारात्मक भुमिका खेल्न आवश्यक रहेको औल्याउनु भएको छ ।
कार्यक्रममा राजनीति दल, पेशागत संघ संगठनका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । हर्क बिकले स्वागत मन्तब्य दिनुभएको कार्यक्रम हरिप्रसाद ढकालले सञ्चालन गर्नुभएको थियो भने बीरेन्द्रकुमार जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।
