सुर्खेतको बिरेन्द्रनगरबाट पश्चिम आउने यात्रुहरुलाई यात्रामा असहज भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष कबिराम पुरी र नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र नं. २ का पुर्ब क्षेत्रीय काेषाध्यक्ष नेत्रबहादुर शाहीले बाटाे मर्मत गरेका छन । बराहतालकाे बिउरेनिमा बाटाे बिग्रेपछि सयाै यात्रुहरुमा बाटाेमा अलपत्र परेकाे थाहा पाएपछि उनिहरुले टिप्पर तथा डाेजर प्रयाेग गरि आफ्नै लगानीमा बाटाे मर्मत गरेका हुन ।

स्थानीय निकाय र प्रदेश सरकारले बाटाे मर्मतमा कुनै चासाे नदिएका कारण अप्ठ्यारो बाटाेमा गाडि नचलाउने भन्दै यातायात ब्यवसायीले सुर्खेतबाट पश्चिम सुर्खेत आवजावत गर्ने यातायातका साधन बन्द गरेका छन । ३ ओटा टिप्परले बराहतालकाे बिउरेनिमा आसपासकाे सडकका खाल्डाखुल्डीमा ग्राबेल गरिएकाे छ ।

पुरीले जनताको प्रत्यक्ष समस्यालाई समाधान गर्नु आफ्नाे कर्तव्य रहेकाे बताउदै सानाे तिनाे समस्या आफुहरुले समाधान गरेपनि बाटाे पिच गराउने काम तिनै तहकाे भएको बताएका छन । बुधबार बिहानैदेखि बिउरेनिमा बाटाे अबरुद्ध हुदा सुत्केरीलाई समयमै एम्बुलेन्स बाट वीरेन्द्रनगर पुर्याउन समस्या भएको स्थानीय महेन्द्र अर्यालले बताए ।

बराहतालकाे बड्डिचाैर देखि खम्बगाडे सम्मकाे करिब १० किलोमिटर बाटाे राम्रोसँग ग्राबेल समेत नहुदा बर्सेनि नागरिक हरुलाई सास्ती हुने गरेकाे छ । घाम लाग्दा धुलाे र पानी पर्दा हिलाम्मे हुने सडकमा यात्रा गर्ने यात्रुहरु नेतालाई गालि गर्न समेत पछि पर्दैनन । पश्चिम सुर्खेतकाे बाटाे चुनावका बेला जनता संग पिचकाे सपना देखाएर भाेट माग्ने माध्यम भएको छ ।

प्रत्येक चुनावका बेला नेताकाे अनुहार फेरिए पनि बाटाेकाे अवस्था झन दयनिय बन्दै गएकाे छ । स्थानीय सरकारले बाटाे बनाउन प्रदेशलाई ताक्नुपर्ने र प्रदेशले केन्द्र सरकारलाई गुहार्ने परिपाटीले बाटाे बन्न सकेकाे छैन । मदन भण्डारी राजमार्गकाे नामाकरण गरेर झन बिकास नभएको एक स्थानीयले बताए ।

बड्डिचाैर खम्मगाडे सडक खण्ड बराहताल गाउपालिकाकाे क्षेत्र भए पनि पालिका क्षेत्रका नागरिककाे सुबिधामा पहुच नहुने र लाभान्वित जनसंख्या पनि कम भएको हुदा पालिकाले मर्मतकाे कामलाई त्यति चासाे दिएकाे छैन । एकपटक खाल्डाखुल्डीमा माटाे हालेर पुरेपनि अहिले फेरि पुरानै अवस्था दाेहाेरिएकाे छ ।
