समूह प्राथमिक बिद्यालयकाे ब्यवस्थापन समितिकाे अध्यक्षमा देवकाेटा चयन,

243 पटक हेरिएको

सुर्खेतकाे पञ्चपुरी ६ मा रहेकाे एक बिद्यालयमा बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको छ । समूह प्राथमिक बिद्यालयमा भएको अभिभावकहरुकाे भेलाले महेन्द्र देवकोटालाई बिद्यालय ब्यवस्थापन समितिकाे अध्यक्षमा चयन गरेकाे छ । त्यसैगरि भेलाले धना बिक, पार्वति बिक, छबिलाल सुनार, शसिकला बिक, अनिता बिक र सदस्य सचिबमा प्रेमबहादुर बिष्टलाई सर्वसम्मत चयन गरेकाे छ ।

अाज भएको भेलाले मंगला ढाेलि नेपाली लाई शिक्षक अभिभावक संघकाे संयाेजक ताेकेकाे छ । त्यसैगरी सदस्यहरुमा लक्ष्मि बिक, रुपा बिक, रञ्जना बिक, राधिका बिक, हरिलाल बादि र प्रेम बहादुर बिष्ट रहनुभएकाे छ । नव निर्वाचित समितिका अध्यक्ष देवकोटाले बिद्यालयलाई राम्रो बनाउन र शिक्षाकाे गुणस्तर बढाउन सबैकाे साथ चाहिने बताउनुभएको छ ।

सबै पक्षकाे सहयाेगका कारण बिद्यालय राम्रो बन्ने बताउदै उहाले सबैसंग समन्वय गरेर काम गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...