पञ्चपुरी कृषि सहकारीको १२ औं बार्षिक साधारणसभा बिद्यापुरमा सम्पन्न,

पञ्चपुरी कृषि सहकारी संस्था लि.को १२ औं चुनावी बार्षिक साधारणसभा आज बिद्यापुरमा सम्पन्न भएको छ । साधारणसभाले आव २०७८÷७९ को आर्थिक प्रतिबेदन अनुमोदन गरेको छ । सहकारीका कोषाध्यक्ष धर्मराज बास्तोलाले १ करोड १३ लाख ६७ हजार ६ सय ९ आय ब्यय प्रस्तुत गर्नुभएको हो ।
साधारणसभाको शुभकामना दिदै पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले सहकारीहरु नाम मात्रैको हुने र दर्ता गरेर अनुदान लिने परिपाटी भएको हुदा पञ्चपुरी सहकारीले वास्तविक किसानलाई सहयोग पुग्ने गरि काम गरेको प्रति खुसि ब्यक्त गर्नुभएको छ । नगरपालिकाले अब काम नगर्ने सहकारीलाई मर्ज गर्ने योजना ल्याउने बताउनुभएको छ ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले किसानहरुको सहयोगका लागि नगरपालिकाले अनुदानका कार्यक्रमहरु सञ्चालनमा ल्याएको र यसै बर्ष अनुदानमा कृषि औजार बितरण गरिने बताउनुभएको छ । नगरप्रमुख भण्डारीले ५ बर्ष सम्म कृषि क्षेत्रको बिकासका लागि योजना बनाइ किसानले उत्पादन गरेका बस्तुको बजारीकरणको ग्यारेन्टी गरिने समेत बताउनुभएको छ ।

साधारणसभाले गंगाराम घिमिरेलाइ पुन अध्यक्षमा चयन गरेको छ । जसको उपाध्यक्षमा ज्ञानुकुमारी कडेल सचिब यामलाल घिमिरे, कोषध्यक्ष रतन थापा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा हरिप्रसाद रिमाल जैशी, रुद्र प्रसाद खनाल, प्रशुराम बास्तोला र खगिसरा पौडेल रहनुभएको छ । भेला सहकारीका अध्यक्ष गंगाराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...