पञ्चपुरी नगरपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न,

सुर्खेतको पञ्चपुरी नगरपालिकामा “दृष्टिविहीन नागरिकहरुको अवस्था, सवालहरुको विषयमा जनप्रतिनिधि र कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एनएबि डिएबी सुर्खेत परियाेजनाको आयोजनामा सुर्खेत नेत्रहीन संघ पञ्चपुरी नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा दृष्टिविहिन नागरिकहरुले स्थानीय निकायबाट उनिहरुकाे जीवन यापनमा सहजिकरणका लागि के कस्तो प्रयास हुने गरेका छन भन्ने विषयमा समेत छलफल गरिएको छ । कार्यक्रममा नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरु, नेत्रहीन संघ सुर्खेत जिल्लाका अध्यक्ष ताेरण अधिकारीकाे उपस्थिति रहेको थियोे ।

कार्यक्रममामा स्थानीय निकायबाट गर्न सकिने सहयाेग तथा समन्वयकाे बारेमा समेत छलफल गरिएको छ । अभिमुखिकरण कार्यक्रममा एनएबि डिएबी सुर्खेत परियोजना संयोजक रविन्द्रकुमार चन्दले प्रशिक्षण तथा कार्यक्रमको वारेमा सहजिकरण गर्नु भएको थियोे ।

कार्यक्रममा पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले दृष्टिबिहीन नागरिककाे अायअार्जन र दिगाे बिकासका लागि नगरपालिकाले साझेदारी गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयाे । थापाले यसअघि पनि नगरपालिकाले समुदायमा अपाङ्गता भएका नागरिकहरुका लागि काम गर्दै अाएकाे समेत बताउनुभयो ।

सामाजिक परिचालक मेलिना बिसीले संचालन गर्नुभएको कार्यक्रम पञ्चपुरी नेत्रहिन संघका अध्यक्ष नरवहादुर लामिछानेकाे अध्यक्षतामा सम्पन्न भएको हाे । परियाेजनाले सुर्खेतका ५ अाेटा गाउपालिका र नगरपालिकामा काम गरिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...