१२ माघ, सुर्खेत ।
पञ्चपुरी नगरपालिकाका सबै वडामा रहेका महिला तथा बालबालिका समूह र सञ्जालको क्षमता अभिवृद्धि गरी न्यायमा पहुँच बढाउने उद्देश्य सहित दोस्रो चरणको कार्यक्रम सुरु भएको छ । आवाज संस्थाबाट सञ्चालित कार्यक्रम अन्तरगत आज पञ्चपुरीमा नगरस्तरीय युवा सञ्जाल गठन गरिएको छ । नगरपालिकामा रहेका युवा समुहको भेलाले नगर स्तरिय सञ्जाल गठन गरेको हो ।
जसको अध्यक्षमा सन्तोष वि.क. उपाध्यक्ष यमुना ओड सचिव सुनिता बिक सहसचिब पुर्णिमा वि.क. कोषाध्यक्ष गीता श्रेष्ठ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा डेनिश ढुंगाना, कोपिला वि.क, सावित्रा सार्की, करन रोकाय, जानकी उपाध्याय, बिपना बि.क रहनुभएको छ ।
त्यस्तै खगीसरा नेपाली छविलाल नेपाली, युनिका रोकाय, सिम्रन पाण्डे, सिमा कसेरा, मञ्जू कसेरा , विमल तारामी, लक्ष्मी उखेडा, सिर्जना भण्डारी झरना नेपाली, कल्पना न्यौपाने, पारस वि.क, जेनिशा संज्याल र दिपिका परियारलाइ चयन गरिएको छ ।












