नेपाल शिक्षक संघ पञ्चपुरी छैटौँ नगर प्रतिनिधिसभा बाबियाचौरमा सम्पन्न

१२ माघ, सुर्खेत ।
नेपाल शिक्षक सङ्घ पञ्चपुरी सुर्खेतको छैटौँ नगर प्रतिनिधिसभा आज बाबियाचौरमा सम्पन्न भएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल शिक्षक संघ आबद्ध शिक्षकहरूको भेला भएको हो । कार्यक्रममा शिक्षक संघ पञ्चपुरीका अध्यक्ष हिरामणि पौडेलले संघले गरेका काम तथा आगामी योजनाको बारेमा जानकारी दिनुभएको छ ।
शिक्षक संघले आगामी वर्षका लागि विशिष्ट सदस्य ३० जना थप गरी जम्मा सदस्य सङ्ख्या २७० पुर्याउने, शैक्षिक सामग्री निर्माण तालिम सञ्चालन गर्ने, नेपाल शिक्षक सङ्घको स्थापना दिवस नियमित रुपमा मनाउने, पञ्चपुरीको शैक्षिक अवलोकन भ्रमण गर्ने लगायत विभिन्न दिवसीय कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

कार्यक्रमका सहभागी अतिथिहरूले नेपाल शिक्षक संघ पञ्चपुरीले गरेका कामहरू उदाहरणीय भएको र अझै पनि संघमा विभिन्न सदस्यहरूलाई आबद्ध गराउनको लागि पहल गर्नुपर्ने सुझाव दिएका छन् । साथै उनीहरूले शिक्षक संघलाई हुँदै राम्रो बनाउन विभिन्न नेतृत्व तहमा रहेका व्यक्तित्वहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षक संघले शिक्षण पेशाबाट अवकाश हुनुभएका नन्दराम लामिछाने, देवीराम देवकोटा र मोतिराज जोशीलाई सम्मान समेत गरेको छ । कार्यक्रम शिक्षक संघ पञ्चपुरीका अध्यक्ष हिरामणी पाैडेलकाे अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...