५ दिने मनोसामजिक परामर्श तथा किशोरी आत्मरक्षा तालिम बाबियाचौरमा सुरु,

पञ्चपुरी नगरपालिका वडा नं. ५, बाबियाचौरमा २५ जना किशोरीहरुलाई ५ दिने मनोसामजिक परामर्श तथा किशोरी आत्मरक्षा तालिम कार्यक्रमको आज उद्घाटन गरिएको छ ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका नगर प्रमुख लालविर भण्डारीले नगरपालिकामा महिला बालबालिकाहरु माथि हुने हिंसाहरु बढिरहेको परिस्थितिमा किशोरीहरुको कम्जोर मानसिकतालाई परिवर्तन गर्न र हिंसाको विरुद्धमा प्रतिरोध गर्न यो तालिमले किशोरीहरुलाई सक्षम बनाउने विश्वास रहेको बताउनु भएको छ । भण्डारीले पञ्चपुरी नगरपालिकाले आगामि दिनहरुमा भौतिक विकासलाई मात्र नभएर महिला, बालबालिका, किशोरीहरुका साथै लक्षित वर्गको क्षमता विकास गर्ने कार्यक्रमहरुमा जोडदिने लक्ष्य राखेको समेत बताउनुभएको छ ।

तालिमको सहजकर्ता सुर्खेत जिल्ला आशा सञ्जालको पूर्व अध्यक्ष सजना सुनारले समुदायमा बालबालिका तथा किशोरीहरु माथि हिंसाका घटनाहरु बढिरहेको अवस्थामा तालिममा सिकेका कुराहरु किशोरीहरुले समुहमा छलफल गरेर सबैलाई जानकारी गराउदां प्रभावकारी हुने बताउनुभएको छ ।
आवाज संस्थाको आयोजना र टिजिएच जर्मनीको सहयोगमा सञ्चालित यस तालिममा कार्यक्रममा पञ्चापुरी नगरपालिका वडा नंं ७, ८, ९, १० र ११ का विभिन्न किशोरी समुहका किशोरीहरुको सहभागिता रहेको छ । तालिमका प्रत्येक किशोरीहरुलाई ट्रयाकसुट, टिसर्ट, जुत्ता र मोजा पनि प्रदान गरिएको छ । कार्यक्रममा तालिमले हरेक किशोरीलाई दुव्र्यवहार, हिंसा र आक्रमण भएको अवस्थामा पनि कसरी आफुलाई नडराई सुरक्षित राख्न सकिन्छ भन्ने सीपहरु सिकाएर थप सशक्त, सक्षम र आत्मविश्वास वृद्धि गराउन सहयोग गर्ने आवाज संस्थाका कार्यक्रम संयोजक सुशील कुमार कार्कीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...