पञ्चपुरीका लेखा अधिकृत मोहन बहादुर बुढा सहित ४ जना विरूद्व भ्रष्टाचार मुद्दा,

पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढा सहित होटल सञ्चालक र अन्य २ जना कर्मचारी विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले उनिहरु विरुद्ध भ्रष्टाचारकाे कसूर गरेकाे ठहर गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

लेखा अधिकृत बुढाले होटल सञ्चालकसँग खाली बिल लिई प्रमुख प्रशासकीय अधिकृतकाे हस्ताक्षर समेत किर्ते गरी दुई लाख ६२ हजार ५०२ रुपैयाँ भुक्तानी दिएका थिए ।

अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल राम्जाली, नगरपालिकाका अधिकृत छैठौं लाल बहादुर सुवेदी, शिक्षा शाखा अधिकृत तुलसी केसीले लेखा अधिकृतलाई किर्ते बिल बनाउन सहयोग गरेका थिए । उनिहरुविरुद्ध दुई लाख ६२ हजार ५०२ रुपैयाँ विगोदावी सहित जरिवाना र कैद सजायको मागदावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...